गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडाैं | साउन १२, २०८०
काठमाडौं: थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुली घर भएका २० वर्षीय नवराज ठोकर तामाङ र काभ्रे घर भएका ४५ वर्षका अनिल तामाङ रहेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।
थानकोटबाट चित्लाङ जाँदै गरेको वा १० च ३५४६ नम्बरको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको थियो।
गाडीमा पाँच जना सवार रहेकोमा ३ जनालाई सकुशल उद्धार गरिरएको डिएसपी अधिकारीले बताए।
गाडी के कारणले दुर्घटना भएको हो भन्ने विषय खुलेको छैन। गाडी सडकबाट पाँच सय मिटर तल सडकमा खसेर क्षतविक्षत भएको छ। घटनास्थलमा पानीघाटमा रहेको सेनाको टोली समेत पुगेको छ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

